भिडियो सहित हेर्नुहोस !
Advertisement

सात जनाको घटनास्थलमा र चारजनाको धरानको बीपी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
जिल्ला ट्राफिक कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले संखुवासभाबाट धरानका लागि छुटेको बा २ ख ७३६६ नम्बरको बस सिधुवामा दुर्घटना भएको जानकारी दिएका छन् ।
उक्त दुर्घटनामा परी पूर्व अर्थराज्य मन्त्री हरिराज खेवा, धनकुटाको परेवादिन ६ की तारा बस्नेत र उनकी ३ वर्षीय छोरी रेश्मा, परेवादिन ७ धनकुटाकी अतिमाया तामाङ र धरान २ का बेदप्रकाश अग्रवालको घटनास्थलमै र उपचारका लागि लैजाने क्रममा धनकुटा बुढीमोरङ ८ का सनम तामाङको मृत्यु भएको छ ।
बाँकी ५ जनाको अझै परिचय खुल्न सकेको छैन । घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये दुई जनाको धनकुटा जिल्ला अस्पताल र बाँकी ३८ जनाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले बताएको छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments: