Friday, July 29, 2016

अस्पतालमा जन्मियो दुई टाउको, तीन हात भएको अनौठो शिशु !

भिडियो सहित हेर्नुहोस !
Advertisement
अस्पतालमा जन्मियो दुई टाउको, तीन हात भएको अनौठो शिशु !


मुम्बई, साउन १४। के तपाई कहिल्यै सुन्नु वा देख्नु भएको छ की दुई टाउको, तीन हात र एउटा मुटु भएको शिशु। तर आशचर्य नमान्नुस, मुम्बईको एक अस्पतालमा यस्तै शिशुको जन्म भएको छ।

सायन अस्पतालमा बुधबार एक महिलाले ४.५ किलोग्राम तौल भएको सियामिस शिशुको जन्माएकी हुन्।

यो शिशुको दुई वटा टाउको, तीन वटा हात र एउटा मुटु रहेको अस्पतालले जनाएको छ। चिकित्सकका अनुसार यो शिशुको दोस्रो टाउको काँधमा रहेको छ। मुख्य रुपमा भारतको उत्तर फत्तेपुर बस्ने वाली शाहीन इरशाद खानले यस्तो अनौठो शिशुको जन्म दिएकी हुन्।



इरशादले मुम्बइको सायन अस्पतालमा भर्ना गरिएको थियो जहाँ उसले सियामिसलाई जन्म दिइन्।

यो शिशुलाई देखेर चिकित्सक पनि आश्चर्यचकित भएका छन्। अस्पताल प्रशासनले भनेका छन्, ‘जुम्ल्याहा शिशु धेरै जन्मिन्छन्, तर दुई टाउको, तीन हात र एउटा मुटु भएको शिशु जन्मिएको अहिलेसम्म देखिएको छैन्।’ एजेन्सी
भिडियो सहित हेर्नुहोस !
Advertisement

0 comments: