भिडियो सहित हेर्नुहोस !
छिमेकी युवासँग प्रेम सम्बन्ध राखेकै कारण पर्साको लापर्साकी एक किशोरीको बुवाले हत्या गरेका छन् । छोरीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ती किशोरीका बुबाआमासहित चार जनालार्इ हिरासतमा लिएपछि घटना सार्वजनिक भएको हो। लालपर्सा गाविस– ८ की १४ वर्षीया फुलमति कुमारीको हत्या उनकै बुबा रमेश महत्तो धानुकले गरेको रहस्य खुलेको हो। छोरी फुलपति र छिमेकी युवक मुन्ना साह तेलीबीच प्रेम सम्बन्ध रहेको हल्ला गाँउमा फैलिएपछि आवेशमा आएका रमेशले छोरीलार्इ कुटेर मारेका हुन्।

छिमेकी बेल्वा गाविसमा लागेको मेलामा फुलमति आफ्नी बहिनीसँगै गएकी थिइन्।

मेलामा फुलमति र मुन्नाबीच भेटघाट भएको खबर उनकी बहिनीले राती घर फर्किएर आमा बुबालार्इ दिइन्। त्यसपछि आवेशमा आएका रमेशले त्यही रातमा फुलमतिलार्इ निर्घात रूपमा कुटपिट गरेपछि ज्यान गएको हो ।
भिडियो सहित हेर्नुहोस !
0 comments: